बझाङ, बझाङको केदारस्युँ गाउँपालिका-७ भामचौरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। पन्ध्रजना सवार से ००१ च ४३७६ नम्बरको जीप बिहीबार बिहान सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो । स्थानीयका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका-७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special