काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल आइपुग्नुभएको छ ।
उनी आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। मिलरलाई एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका हुन् ।
कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो ।
बायाँहाते ब्याटर मिलर सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित छन् ।
सैंतीश वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी-२० अन्तरराष्ट्रिय खेल खेल्दै दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका छन् । त्यस्तै, उनले १८० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा आठ शतक र २४ अर्धशतकसहित चार हजार ७६२ रन बनाएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
चर्चित क्रिकेटर डेभिड मिलर नेपालमा: कर्णाली याक्सबाट एनपिएल खेल्ने
Previous Articleभारतका विदेश सचिव मिश्री नेपाल आइपुगे
Next Article उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी



NPL Special
NPL Special