काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा विराटनगर किङ्स ८३ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन बनायो। रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन बनाए। काठमान्डुका सन्तोष यादवले तीन तथा सहन आरच्चिगेले दुई विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विराटनगर ८३ रनमै अलआउट, काठमान्डुलाई ८४ रनको लक्ष्य
काठमाण्डु गोर्खाज विरुद्ध ब्याटिङ गर्दै विराटनगर किङ्सका खेलाडी ।
काठमाडौं,१९ कात्तिकः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गोर्खाज विरुद्ध ब्याटिङ गर्दै विराटनगर किङ्सका खेलाडी । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस


NPL Special
NPL Special