काठमाडौं, पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेल अवधिपछि पोर्चुगलको जर्सीमा नखेल्ने बताएका हुन्। सन् २००३ मा अन्तर्राष्ट्रिय खेलजीवन सुरु गरेका उनले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल र गोलको कीर्तिमान उनकै नाममा छ। क्लब फुटबलमा भने उनी सक्रिय रहनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special