काठमाडौं, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा बालिने दियो, बत्ती तथा पटाकाबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए ।
उनका अनुसार देउसी-भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ ।
काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा रहेको बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleतिहार पर्व सुरु, मिथिलामा धनतेरस
Next Article आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर



NPL Special
NPL Special