काठमाडौं, तिहारको चाडलाई शान्त र सुरक्षित बनाउन काठमाडौँ प्रहरीले ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। काठमाडौँ परिसर मातहतका वृत्त तथा प्रभागहरूले ठाउँ-ठाउँमा गरेको विशेष निगरानी र चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरिएका ती सवारी साधनहरू समातिएका हुन्।
चाडपर्वमा सर्वसाधारणलाई शान्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउन यो कारबाही गरिएको प्रहरीले जनाएको छ। हाल समातिएका मोटरसाइकलबारे थप अनुसन्धान भइरहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special