काठमाडौं, परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा बढ्दो जलवायु सङ्कटको असर विश्वव्यापी अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली र मानव जीवनमा पर्ने भएकाले पर्वतीय लचिलोपनलाई जलवायु कार्यको केन्द्रमा राख्नुपर्ने बताएका छन्। टर्कीको अन्ताल्यामा आयोजित कोप–३१ अन्तर्गतको कार्यक्रममा बोल्दै उनले हिमनदी पग्लिने, हिउँमण्डल खुम्चिने र प्राकृतिक विपद् बढ्ने क्रमले जल तथा खाद्य सुरक्षामा चुनौती थपेको बताए। भोटेकोसी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले नेपालजस्ता कम उत्सर्जन गर्ने मुलुकले जलवायु सङ्कटको असमानुपातिक असर भोग्नुपरेको उल्लेख गरे। उनले उत्सर्जन कटौती, अनुदानमा आधारित जलवायु वित्त, हानि तथा नोक्सानी व्यवस्थापन, पूर्वसूचना प्रणाली र पर्वतीय मुद्दाको अन्तर्राष्ट्रिय मान्यतालाई नेपालको पाँच प्राथमिकताका रूपमा प्रस्तुत गरे। साथै, पर्वतीय समुदायको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य र लगानी बढाउन आग्रह गरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special