काठमाडौं, तिहार र छठ पर्वको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ आन्तरिक तथा विदेशी पर्यटकले भरिभराउ भएका छन्। पर्यटकको चाप बढेसँगै होटल र घरबासमा अग्रिम बुकिङ गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुकमा दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक पुगिरहेका छन्। त्यहाँ ८० होटल र ३५ घरबास सञ्चालनमा छन्। त्यस्तै, मादी गाउँपालिकाको सिक्लेसमा तिहारको भोलिपल्ट मात्रै एक हजार ३२४ पर्यटक पुगेका थिए। होटलहरू आइतबारसम्मका लागि बुकिङ भइसकेका छन्।
माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ गाउँमा पनि पर्यटकको चहलपहल बढेको छ। सात घरबाट सुरु भएको यहाँको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ भने एकै रातमा ४०० पाहुनालाई राख्न सक्ने क्षमता छ।
हिमाली दृश्य, गुरुङ संस्कृति, मौलिक खानपान, चियाबारी र पदयात्रा यी गाउँका प्रमुख आकर्षण हुन्। पोखराबाट सडकमार्ग हुँदै सहजै पुग्न सकिने भएकाले यी गन्तव्यमा पर्यटकको आकर्षण बढ्दै गएको छ। पर्यटकको बढ्दो चापसँगै आवास व्यवस्थापन चुनौती बनेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special