काठमाडौं, बराह सहकारी ठगी प्रकरणमा मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् ।
गृहमन्त्री गुरुङका अनुसार सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिनासम्बन्धी प्रकरणमा विश्वकर्मालाई पक्राउ गरिएको हो । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै बाँकी दोषीको खोजी तथा कारबाही प्रक्रिया पनि तीव्र बनाइने बताएका छन् ।
गुरुङले आफूले ६ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउने क्रममा पूर्वका बचतकर्ताको पीडा सुनेको स्मरण गरेका छन् । अभियन्ताका रूपमा रहँदा र जेनजी आन्दोलनपछि तत्काल केही गर्न नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि बचतकर्तालाई न्याय दिलाउन खोजी तीव्र पारिएको उनको भनाइ छ ।
उनले मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको उल्लेख गर्दै सहकारीमा संलग्न अन्य दोषीलाई पनि क्रमशः खोजी गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बराह सहकारी ठगी प्रकरणका आरोपित शिवकुमार विश्वकर्मा पक्राउ: गृहमन्त्री गुरुङ
Next Article टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित


NPL Special
NPL Special
NPL Special
NPL Special