काठमाडौं, चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेनमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् ।
सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गरे पनि ह्वाइट हाउसले भने त्यसलाई सार्वजनिक गरेको छैन ।
वक्तव्यमा तीनै देशले अन्तर्राष्ट्रिय सुरक्षा, रणनीतिक स्थिरता र विश्व शान्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन् । साथै, ऊर्जा आपूर्ति स्थिर बनाउने, प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन बढाउने तथा आणविक जोखिम न्यूनीकरण र हतियारको प्रसार रोक्न संवाद अघि बढाउने सहमति गरेका छन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय फौजदारी अदालतलगायत संस्थाले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने र संयुक्त राष्ट्रसङ्घको सुधार प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


NPL Special
NPL Special
NPL Special
NPL Special