काठमाडौं, विश्व फुटबल महासङ्घ (फिफा) अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाइएको निलम्बन फुकुवा गर्न सकारात्मक देखिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले थाइल्यान्डको बैङ्ककमा आयोजित एएफसी अवार्ड्सका क्रममा फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एसियाली फुटबल महासङ्घ (एएफसी) अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए ।
भेटमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषयमा छलफल भएको मन्त्री पोखरेलले जानकारी दिए । उनका अनुसार निलम्बन फुकुवा गर्ने विषयमा फिफाका अधिकारीहरू सकारात्मक छन् ।
एन्फाले तहगत निर्वाचन गर्ने सहमति जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै एन्फामाथिको प्रतिबन्ध फुकुवा गरिसकेको छ । राखेपको निर्णयपछि फिफाले पनि निलम्बन फुकुवाका लागि मौखिक सहमति जनाएको बताइएको छ ।
आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि फिफाले एन्फामाथिको निलम्बन फुकुवा गर्ने अपेक्षा गरिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


NPL Special
NPL Special
NPL Special
NPL Special