काठमाडौं, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन्। थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)का पदाधिकारीसँग छलफल गरेर फर्किएका उनले निलम्बन फुकुवासँगै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को तहगत निर्वाचन गराउन सहमति भएको जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार निर्वाचनको प्रक्रिया र मोडालिटीबारे फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ। एन्फाको निर्वाचन पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम समिति बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी छ।
उनले फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझेको भए पनि नेपालको कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि सकारात्मक बनेको बताए।
थाइल्यान्ड भ्रमणका क्रममा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए। उनले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तासमेत दिएका छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special