काठमाडौं, नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ। कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमणअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको बताएका छन्।
कांग्रेसले जलवायु परिवर्तन, व्यापार, ऊर्जा, पर्यटन, हवाई सम्पर्क, सीमा व्यवस्थापन र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा सरकारलाई सुझाव दिने तयारी गरेको थियो। यसका लागि पार्टीले विषयविज्ञसँग आन्तरिक छलफलसमेत गरेको शर्माले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीको भ्रमण सफल र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिँदै उनले नेपालको राष्ट्रिय हित प्रवर्द्धन र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन भ्रमण केन्द्रित हुनुपर्ने बताएका छन्।
कांग्रेसले भ्रमणको सफलता औपचारिक स्वागत र घोषणाभन्दा पनि नेपाली नागरिकले प्राप्त गर्ने ठोस उपलब्धिबाट मापन हुनुपर्ने जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special