जनकपुर, मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले शनिबार संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको जसपाका संसदीय दलका नेता यादवलाई नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समयसीमाभित्र कुनै पनि दलले बहुमतसहित दाबी पेस गर्न नसकेपछि नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
मुख्यमन्त्री पदमा दाबी पेस गर्न मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिइएको थियो। अब नवनियुक्त मुख्यमन्त्री यादवले संविधानअनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत प्राप्त गर्न नसकेमा उनको नेतृत्वमा रहेको सरकारको भविष्य संवैधानिक प्रक्रियाअनुसार तय हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special