काठमाडौं, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ। प्रधानमन्त्रीको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका प्रमुख सडक तथा विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा फहराइएको छ।
प्रधानमन्त्री शाह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्। भ्रमणलाई विशेष महत्त्व दिँदै दिल्लीका सडकहरू नेपाल र भारतका झन्डाले सजाइएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफलपछि उनी सोमबार स्वदेश फर्किनेछन्।
नेपाल–भारत सम्बन्धका दृष्टिले महत्त्वपूर्ण मानिएको यस भ्रमणमा दुई देशबीचको आपसी सम्बन्ध, व्यापार, सहकार्य र आगामी समझदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। भ्रमणबाट द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।



NPL Special
NPL Special
NPL Special
NPL Special