काठमाडौं, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा पहिलोपटक च्याम्पियन बनेको हो।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी घोषित भए। उनले तीन अर्धशतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिए। यसबापत उनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।
चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका उनले ओमोडा एन्ड जाएको कार पुरस्कार पाए। उनी उत्कृष्ट बलरसमेत घोषित हुँदै पल्सर मोटरसाइकल जित्न सफल भए।
विराटनगर किंग्सका लोकेश बम २४२ रनसहित उत्कृष्ट ब्याटर बने। जनकपुर बोल्ट्सका राहुल यादवले इमर्जिङ प्लेयरको अवार्ड जिते।
चितवनका श्रीलंकाली ब्याटर कमिल मिश्राले रेड बुल इनर्जेटिक प्लेयरको उपाधि पाए भने फाइनलमा अविजित १२५ रन बनाएका जर्ज मन्से प्लेयर अफ द म्याच घोषित भए। उपविजेता लुम्बिनीले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गर्यो।


NPL Special
NPL Special
NPL Special
NPL Special