काठमाडौं, प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच आइतबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ। होटल ताज महलमा भएको भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा कनेक्टिभिटी, व्यापार, पारवहन, वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो। साथै, द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा भारत पुगेका प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार साँझ स्वदेश फर्किनेछन्।




NPL Special
NPL Special
NPL Special
NPL Special