काठमाडौं, चीनले हालैको बाढीबाट प्रभावित नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा रोयटर्सको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।
उनले विपद्ले ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित नागरिकको घर पुनर्निर्माण तथा जनजीवन सामान्य अवस्थामा फर्काउन चीनले सहयोग गर्ने बताए। साथै नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धिमा समेत सघाउने प्रतिबद्धता व्यक्त गरे।
प्रवक्ता गुओका अनुसार चीनले यसअघि नेपाललाई नगद सहायता र पाँच खेप राहत सामग्री उपलब्ध गराएको थियो। सुरुङ उद्धार तथा फरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका २० भन्दा बढी विज्ञ पठाउनुका साथै मौसम, जल तथा भूगर्भसम्बन्धी तथ्याङ्क आदानप्रदान गरेको उनले जानकारी दिए।
उनले नेपाललाई चीनको सहयोग निरन्तर रहने र विपद् प्रभावित नागरिकको पुनःस्थापनामा साथ दिने बताए।


NPL Special
NPL Special
NPL Special
NPL Special