काठमाडौं, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६१, तीव्र गतिमा चलाउने १२६, सिसिटिभी फुटेजबाट पहिचान भएका ३५ र ट्राफिक बत्ती उल्लङ्घन गर्ने २० जना छन्। त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १८, सवारीको अवस्था ठीक नभएका २२ तथा एकतर्फी सडकको नियम उल्लङ्घन गर्ने दुई जना कारबाहीमा परेका छन्।
अन्य नियम उल्लङ्घन गर्ने ४९० जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले चालकलाई नियम पालना गर्न र सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special