बनेपा, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा प्रस्तावित अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो (सिनेपा) निर्माणमा थप ढिलाइ नगर्न निर्देशन दिएका छन्। बुधबार बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालको बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित निर्माणस्थलको निरीक्षण गर्दै उनले स्थानीयको सरोकार र वातावरणीय पक्षलाई सम्बोधन गरेर आयोजना अघि बढाउनुपर्ने बताए।
करिब ४२ रोपनी क्षेत्रफलमा निर्माण गर्ने लक्ष्य राखिएको स्टुडियोको प्रारम्भिक डिजाइनअनुसार ठूलो परिमाणमा माटो कटान गर्नुपर्ने देखिएपछि मन्त्रीले वैकल्पिक डिजाइन र स्थानबारे पुनः अध्ययन गर्न निर्देशन दिए।
स्टुडियो निर्माणले रोजगारी, पर्यटन, स्थानीय व्यवसाय र चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउने उनको भनाइ थियो। चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी एक वर्षभित्र निर्माण थाल्ने सरकारको लक्ष्य रहेको उनले बताए।
सन् २०२५ अप्रिलमा शिलान्यास गरिएको परियोजनामा इन्डोर तथा आउटडोर छायाङ्कन स्थल, चलचित्र संग्रहालय, पुस्तकालय र सभाहल निर्माण गर्ने योजना छ।


NPL Special
NPL Special
NPL Special
NPL Special