काठमाडौं, भारतमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपशमशेर जबराका अनुसार उनलाई विराटनगर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो।
मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुल गरेको प्रकरणमा अर्याल पक्राउ परेका हुन्। सीआईबीले बिहीबार जारी गरेको विज्ञप्तिमा उनलाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको उल्लेख गरेको छ।
तर, गृह मन्त्रालय स्रोतका अनुसार उनलाई दिल्लीबाट पक्राउ गरी भारतको बागडोगरा विमानस्थल हुँदै विराटनगर ल्याइएको हो। उनलाई पक्राउ गर्न सीआईबीले मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा सीआईबीले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा पूर्वमन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित तत्कालीन कर्मचारी पनि हिरासतमा छन्।


NPL Special
NPL Special
NPL Special
NPL Special