काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच बिहीबार करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ। लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन र सरकारका कामकारबाहीबारे छलफल भएको हो।
लामिछानेको सचिवालयका अनुसार भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा भएको थियो। सो क्रममा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए।
दुई नेताबीच आगामी निर्वाचनको तयारी, रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान तथा मन्त्री र मन्त्रालयका कामकारबाहीबारे पनि छलफल भएको छ।
त्यसैगरी, सरकारले ल्याउन लागेको अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत विचारविमर्श भएको लामिछानेको सचिवालयले जनाएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special