काठमाडौं, गोरखाको धार्चे गाउँपालिकामा बाढीले झोलुङ्गे पुल बगाएपछि बुढीगण्डकी नदीमा दुई वटा तुइन जडान गरी सञ्चालनमा ल्याइएको छ।
झोलुङ्गे पुल महाशाखाले गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्न तुइन जडान गरेको हो। यसअघि खोर्लाबेँसी र केरौँजाबेँसी जोड्ने तुइन पनि सञ्चालनमा ल्याइएको थियो।
तुइनबाट एकपटकमा दुई जनासम्म नदी वारपार गर्न सक्छन्। यसले स्थानीयको आवतजावत सहज बनाए पनि यात्रा जोखिमपूर्ण रहेको भन्दै उनीहरूले तत्काल झोलुङ्गे पुल निर्माण गर्न माग गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएकैदिन सुनको मूल्य ३ हजार ३०० रुपैयाँ बढ्यो
Next Article ओस्कार मनोनीत पटकथाकार तेहरानबाट पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special