काठमाडौं, बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
दुर्घटनामा जगन्नाथ–३ मनिकाँडाका ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चालकसहित घाइते पाँच जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको छ।
पिलुचौर बजारबाट मनिकाँडा जाँदै गरेको सुपप्र ०१–००२ त ४६८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special