एशियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। जेनजी आन्दोलन, राजनीतिक अनिश्चितता र मध्यपूर्व द्वन्द्वलाई कारण मानिएको छ। गत वर्ष ४.६ प्रतिशत वृद्धि थियो। पर्यटन, विप्रेषण र लगानी प्रभावित हुने बताइएको छ। आगामी वर्ष सुधार भई ५ प्रतिशत पुग्ने अनुमान छ। मुद्रास्फीति करिब ३.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


