मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’ का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा र बाढीले ठूलो क्षति पु¥याएको छ ।
गत सातादेखि आएको आँधीका कारण अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियामा वर्षा र बाढीको समस्या देखिएको छ । मेक्सिकोको सेना र नौसेनाले खोज तथा उद्धार कार्य जारी राखेका छन् । सैन्य अधिकारीहरूले पत्रकार सम्मेलनमा थप दुई जना अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आँधी राचेलका कारण मेक्सिकोमा कम्तीमा आठको मृत्यु
Previous Articleह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक


