घटस्थापनादेखि बिहीबारसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। उपत्यका ट्राफिक प्रहरीका अनुसार ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उनीहरू बाहिरिएका हुन्। उपत्यका छाड्ने यात्रुमध्ये एक लाख १५ हजार ८६ जना महिला र एक लाख ६१ हजार १६७ जना पुरुष छन् ।दसैँ नजिकिएसँगै घर फर्किने यात्रुको चाप बढेको छ। यात्रुको सुरक्षित आवागमन र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्रमुख नाकामा निगरानी बढाएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


