Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
कांग्रेसले संविधान संशोधनका लागि विज्ञ समिति पूर्ण गर्दै अध्ययन र राष्ट्रिय सहमति निर्माण प्रक्रिया अघि बढाएको छ।
प्रतिनिधिसभा नियमावलीलाई समयअनुकूल र प्रभावकारी बनाउन विज्ञ रायसहित संशोधनबारे छलफल भइरहेको छ।
गगन थापाले सर्वोच्चको निर्णयपछि कांग्रेसलाई एकताबद्ध र सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन्।
अमेरिकी सेना फिर्तीसँगै सिरियामा शक्ति सन्तुलन बदलिँदै सरकार र कुर्द बलबीच सहकार्य बढेको छ।
आईएमएफले बाह्य र आन्तरिक कारणले नेपालको आर्थिक वृद्धि घट्ने र महँगी बढ्ने चेतावनी दिएको छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगन थापा नेतृत्वलाई आधिकारिक मान्यता दिएको छ।
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल सरकारसँग सम्बन्ध विस्तारका लागि तीन दिने काठमाडौं भ्रमणमा आउँदैछन्।
नेप्से सामान्य रूपमा बढे पनि कारोबार रकम घटेको छ।
१२ संसदीय समितिमा सभापति चयन भएसँगै संघीय संसद्का समिति पूर्ण भएका छन्।
श्रम मन्त्रालयले स्वास्थ्यकर्मीलाई कानुनभन्दा बढी समय काममा नलगाउन निर्देशन दिएको छ।
सर्वोच्च अदालतले बालेन शाहलाई अवहेलना मुद्दामा वारेसमार्फत तारिख लिन अनुमति दिएको छ।
संसदीय समिति सभापति चयनका क्रममा पत्रकारलाई बैठकबाट बाहिर निकालिएको छ।
सरकारले अस्पतालमा शनिबार र आइतबार ओपीडी बन्द गर्दै दुई दिन बिदा दिने निर्णय गरेको छ।
भरत बहादुर खड्का सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
त्रिभुवन विश्वविद्यालयले अवैध कब्जामा रहेका आफ्नो जग्गा ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न आज सिंहदरबारमा सांसदहरूको छलफल बोलाएको छ।
डा. भाइकाजी तिवारीविरुद्ध १० करोडभन्दा बढी भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको छ।
बिहीबार नेप्से घट्दै सबै समूहमा गिरावटसहित सेयर बजार ओरालो लागेको छ।
इन्धन मूल्यवृद्धिका कारण यातायात व्यवसायीले सवारी भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन्।

