काठमाडौं,
जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ। जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् र नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या गएको हो।
उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने बताए। त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि राजा दशरथलाई निमन्त्रणा पठाएको परम्परालाई निरन्तरता दिन टोली अयोध्या गएको उनको भनाइ छ।
टोलीले आजदेखि औपचारिक सेवा सुरु गरेको सरयू–कमला एक्सप्रेस रेलमार्फत यात्रा गरेको हो। निमन्त्रणासँगै टोलीले लत्ताकपडा, गरगहना र भाँडाकुँडालगायत सामग्री समावेश गरिएको भारसमेत लगेको छ। जनकपुरधाममा हरेक वर्ष साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइँदै आएको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special