मनाङस्थित ७ हजार ४५५ मिटर अग्लो गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुई जापानी पर्वतारोहीको शव शुक्रबार भेटिएको छ। हिदेसुके तानेइशी र तेत्सु हाशिमोतो गत असोज २९ गतेदेखि सम्पर्कविहीन थिए। खोजीका क्रममा उनीहरूको शव हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा फेला परेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


