ऋण स्वीकृत गरिदिने भन्दै घुस मागेको आरोप लागेका नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले तीनवटै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई दोषी ठहर गरेको हो। अख्तियारले २०८२ जेठमा दायर गरेका मुद्दामा अधिकारीले विभिन्न ऋण प्रक्रियामा गरी ७४ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


