चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको व्यापार घाटा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड पुगेको छ। आयातको तुलनामा निर्यात निकै न्यून हुनुले हाम्रो कमजोर उत्पादन प्रणालीलाई झल्काउँछ।
यो संकट टार्न कृषिमा आधुनिकीकरण, औद्योगिक विकास र निर्यातमुखी नीति आवश्यक छ। उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकार र निजी क्षेत्रको प्रभावकारी सहकार्य अपरिहार्य देखिन्छ।


