सरकारले जीवनरक्षक औषधि, स्वास्थ्य सामग्री, सुरक्षा उपकरण र विदेशबाट फिर्ता ल्याइएका ऐतिहासिक सम्पदाको आयातमा पूर्ण कर तथा महसुल छुट दिएको छ। अर्थ मन्त्रालयले राजपत्रमार्फत २६ वटा सूचना जारी गर्दै स्वास्थ्य, पोषण, निर्वाचन सुरक्षा, शान्ति सैनिकका सामग्री तथा पुरातात्विक सम्पदामा भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्य दस्तुर मिनाहा गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


