काठमाडौं, खुम्बु पासाङल्हामु गाउँपालिकाले दुर्गम क्षेत्रका बासिन्दालाई सहज रूपमा सेवा उपलब्ध गराउन आइतबार पनि गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको १२१औँ बैठकले भौगोलिक विकटताका कारण इन्धन खपत कम हुने, आइतबार स्वास्थ्य संस्था बन्द हुँदा दुर्गम क्षेत्रका बिरामी उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रवाहमा कठिनाइ हुने अवस्थालाई ध्यानमा राख्दै सातै दिन कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार जाडोयाममा माघ १५ गतेसम्म आइतबारदेखि बिहीबार बिहान १० देखि अपराह्न ४ बजेसम्म र शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय सञ्चालन हुनेछ।


NPL Special
NPL Special
NPL Special
NPL Special