वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका हुन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा असोज १ गते बिहान ५ः५० बजेदेखि सडक प्रभावित भएको हो ।
गोरखाको आरुघाट गाउँपालिका २ र ३ तथा आरुघाट गाउँपालिका-१ नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त सडक आज बिहान ५ः३० बजेदेखि अवरुद्ध छ ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि सडक प्रभावित भएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


