नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गर्ने जनाएको छ। यससँगै खेल तालिकामा पनि परिवर्तन गरिएको छ। दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। एक खेल मात्र हुने दिन पनि खेल साँझ ५ बजे सुरु हुनेछ। प्रतियोगिता कात्तिक ९ देखि मङ्सिर ५ सम्म कीर्तिपुरमा सञ्चालन हुनेछ।



