चार दिनदेखिको लगातार वर्षाले देशका मुख्य राजमार्गहरू तहसनहस पारेको छ। चितवनको नारायणगढ-मुग्लिन र काभ्रेको बीपी राजमार्ग पूर्ण रूपमा बन्द छन्। पृथ्वी राजमार्ग, अरनिको र पासाङ ल्हामु सडक खण्डमा पहिरोले यातायात अवरुद्ध पारेको छ।
गण्डकी र कर्णाली प्रदेशका अधिकांश ग्रामीण सडक पनि ठप्प छन्। प्रहरीले अत्यावश्यक बाहेक यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।


