प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले एलपी ग्यास अभावको वास्तविक कारण स्पष्ट पार्न सरकारसँग माग गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पूरा सिलिन्डर वितरण सुरु भएपछि माग बढ्दा बजारमा असहजता आएको बताइन्। सरकारले भारतसँग तीन महिनाका लागि ग्यास आयात कोटा ४९ हजार ५०० बाट ६० हजार मेट्रिक टन पुर्याउन आग्रह गरेको र केही दिनमै अवस्था सहज हुने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


