२०८२ माघ १५
आर्थिक सर्वेक्षणले रोजगारीमा सुधार र वैदेशिक व्यापारमा वृद्धि देखाएको छ भने मुद्रास्फीति नियन्त्रणमा आउने संकेत गरेको छ।
गएका एक सातामै सुनको भाउ तोलामा ५७ हजार पाँचसय रुपैयाँ बढेको छ।
२०८२ माघ १४
आज वाणिज्य बैंक, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा सामान्य घटे पनि बाँकी हरियो रहेका छन्।
गृह र रक्षा मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीका लागि करिब २०.५ अर्ब रुपैयाँको सुरक्षागत खर्च प्रस्ताव गर्दा अर्थ मन्त्रालयले त्यसअनुसार क्रमिक रूपमा बजेट निकासा गरिरहेको छ।
भू-राजनीतिक विवाद र आर्थिक अनिश्चितताले सुनको मूल्य बढाएको छ भने कतिपय देशका केन्द्रीय बैंकहरूले अमेरिकी डलरमा निर्भरता कम गर्न लगातार सुन किनिरहेका छन्।
२०८२ माघ १३
टेरामक्स खरिद प्रक्रियासँग सम्बन्धित सबै फाइल पेशीको दिन इजलासमा देखाएर फिर्ता ल्याउने उद्देश्यले दूरसञ्चार प्राधिकरणबाट झिक्न अदालतले आदेश दिएको छ।
पछिल्ला दिनमा नेप्से सूचक घटे वा बढे पनि कारोबार रकम उच्च रहँदा बजारमा उत्साह कायम रहेको देखिन्छ।
काठमाडौंतर्फबाट प्रस्थानविन्दुका रूपमा रहेको खोकनामा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन।
२०८२ माघ १२
निर्वाचन आयोगले राजनीतिक वित्त र चुनावी खर्च अनुगमनका लागि कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
राष्ट्र बैंकको सर्कुलरअनुसार, निर्वाचन कार्यलयको सिफारिसमा राजनीतिक दल, उनीहरूको उम्मेदवार र स्वतन्त्र उम्मेदवारका लागि आम्दानी–खर्च सञ्चालन गर्न छुट्टै खाता खोल्न सकिने व्यवस्था गरिएको छ।