२०८३ श्रावण २२
मनिष झाले सरकारमाथि विश्वास भए पनि राज्य सञ्चालनको शैली र व्यवहार सुधार्नुपर्ने बताएका छन्।
प्रहरीले देउवा परिवारमाथिको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ।
कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री बालेन शाहले वैशाखदेखि असारसम्म सरकारबाट भएका काम र निर्णय समेटिएको प्रगति विवरण सार्वजनिक गरेका छन्।
२०८३ श्रावण २१
उपचारका लागि विदेशमा रहेका शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।
राष्ट्रिय सभामा रुखो अभिव्यक्ति दिएको स्वीकार गर्दै गृहमन्त्री सुधन गुरुङले सांसदहरूसँग माफी मागेका छन्।
सर्वोच्च अदालतले कांग्रेस आधिकारिकता विवादमा अघिल्लो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ।
प्रतिनिधि सभाको आगामी एक महिनाको कार्यतालिकामा प्रधानमन्त्रीसँगको अनिवार्य प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन।
जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यलाई आफ्नो प्रमुख राजनीतिक एजेन्डा बनाउने घोषणा गरेको छ।
भारतीय प्रधानसेनापति जनरल धिरज सेठ मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल भ्रमणमा आउने तयारीमा छन्।