२०८२ चैत्र ६
सानेपामा सुरु केन्द्रीय कार्यसमिति बैठकमा जाँदै गर्दा केसीले सञ्चारकर्मीहरूसँग दलको नेतामा आफ्नो दाबी रहने बताएका हुन्।
थापाको राजीनामा बैठकमा प्रस्तुत गर्ने र अस्वीकृत प्रस्ताव पनि अघि सार्ने तयारी उपसभापति शर्माले अघि बढाउने तयारी गरेका छन् ।
सरकारले चैत १६ का लागि अधिवेशन आह्वान हुने भएपछि तयारीका लागि संघीय संसद् सचिवालयलाई जानकारी गराइएको छ।
बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा छलफल गरिने जनाइएको छ ।
२०८२ चैत्र ५
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ बहुमत ल्याएकाले संविधानको धारा ७६ (१) अनुसारकै एकल बहुमतको सरकार बन्ने निश्चित देखिएको छ।
सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहण चैत १२ गते दिउँसो २ बजे गर्नेगरी तयारी पनि गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरू सगुनशमशेर जबरा र जानकीकुमारी तुलाधरले सांसदहरूलाई खादामाला लगाइदिएका थिए।
रिटमा संविधानको धारा ८७(१)(ङ) विपरीत लाभको पदमा रहँदै सिफारिस गरिएको र अर्याल स्वयं निर्णयमा संलग्न हुँदा स्वार्थ बाझिने तथा नैतिकताको प्रश्न उठेको दाबी गरिएको छ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
बिहान ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम निर्धारण गरिएको छ।