२०८२ पौष २१
उक्त सहमतिपत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, थारुहट/थारुवान अभियन्ता लक्ष्मण थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट/थरुवान अभियन्ता सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।
दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले केपी ओलीको सिफारिसमा जेनजी आन्दोलनपश्चात अन्तरिम सरकार बनेको बताएका हुन् ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन सफल बनाउन सबैलाई क्रियाशील हुन भनिएको परिपत्र जारी गरेका छन् ।
आइतबार जाँचबुझ आयोगले ओलीसँग बयान लिएसँगै उनको स्थानहद फुकुवा गरिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
२०८२ पौष २०
आयोगका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनलाई बयानका लागि पत्र काटिएको हो ।
गत शुक्रबार बसेको बैठकबाटै पार्टीको पुस २६–२८ सम्म हुने भनिएको १५औँ महाधिवेशन वैशाख २८–३१मा हुने गरी सारेर केन्द्रीय समितिको म्याद पनि जेठ मसान्तसम्म थपिएको थियो ।
दुवै उपसमितिका सदस्यहरूको मनोनयन पार्टी सचिवालयले गर्ने जनाइएको छ ।
आजको बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदै छ।
ओली–दाहालबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको हो ।
सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् ।