२०८२ पौष २०
दाहाल दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको सचिवालयले जनाएको छ।
त्रिपक्षीय सहमतिअनुसार रास्वपा सभापतिमा रवि लामिछाने नै रहनेछन्। प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेछन् भने कुलमान घिसिङ रास्वापाकाे वरिष्ठ उपसभापति बन्ने छन्।
२०८२ पौष १८
केन्द्रीय समितिले सुरुमा पुसमा १५औँ महाधिवेशन गर्ने गरी म्याद माघसम्म बढाएकोमा अहिले कार्यतालिका संशोधन गर्दै वैशाख २८–३१ मा महाधिवेशन गर्ने गरी म्याद जेठ मसान्तसम्म थपेको हो ।
महाधिवेशनलाई लिएर चर्किरहेको विवादबीच यो बैठकलाई महत्त्वका साथ हेरिएको छ।
आयोगले राजनीतिक दल र सरोकारवालाको सुझाव लिएर आचारसंहिता तयार पारेको हो ।
जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई आफ्नो धारणा राखिदिन आग्रह सहित पत्र पठाएको थियो ।
२०८२ पौष १६
प्रधानमन्त्री कार्कीले राजनीतिक दल, निर्वाचन आयोग लगायत सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै मुलुकलाई तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने अवस्थामा पुर्याउन योगदान गरेको बताइन्।
राष्ट्रिय सभाको बैठक वैकल्पिक रुपमा सिंहदरवारस्थित कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने व्यवस्था गरिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तलाई थुनामा पठाउने आदेश दिएको हो ।
पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचीमा असन्तुष्टि बढेपछि सच्याउन लागेको हो।