काठमाडौं, विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपिएल)मा आज करिअरकै सानदार बलिङ गरेका छन् । उनले पोखरा एभेन्जर्सविरुद्ध आफ्नो व्यावसायिक क्रिकेट करिअरकै उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले पोखराविरुद्ध चार ओभरमा २६ रन दिएर छ विकेट लिए ।
सन्दीपले आफ्नो बलिङको तेस्रो ओभरमा ह्याट्रिकसमेत पूरा गरे । योसँगै उनी एनपिएलमा ह्याट्रिकसहित छ विकेट लिने पहिलो बलर बनेका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएसियन बडीबिल्डिङमा नेपालको सहभागिता
Next Article सिटी सफारीको ठक्करबाट राजवंशीको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special