विगत चार-पाँच महिनादेखि यातायात व्यवस्था विभागमा दर्ता प्रक्रिया रोकिएकाले यसपालिको दसैँमा नयाँ सार्वजनिक सवारीसाधन थपिन पाएका छैनन्।
हरेक वर्ष चाडपर्वमा नयाँ गाडी थपेर यात्रु व्यवस्थापन सहज बनाइने गरिए पनि यसपटक भने मौजुदा पुराना सवारीकै भरमा करिब १५ लाख यात्रु गन्तव्यसम्म पुर्याउनुपर्ने बाध्यता सिर्जना भएको छ।


