त्रियुगा नगरपालिका-११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बेलुकी उदयपुरको त्रियुगा-११ को सङ्गम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।
दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा-११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला


