काठमाडौं, हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा मुख्यतया मौसम सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भागमा आंशिक बदली हुनेछ भने तराईमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति हिमाली तथा पहाडी भागमा आंशिक बदली हुने छ भने तराईमा मौसम सफा रहनेछ । हिमाली भूभागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआजको राशिफल,२७ कार्तिक २०८३
Next Article आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय


NPL Special
NPL Special
NPL Special
NPL Special