मंगलबार सेयर बजारका सबै सूचक बढेका छन्। नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८ अंकमा पुगेको छ, अघिल्लो दिन केवल २ अंकको वृद्धि भएको थियो। तर, कारोबार रकम घट्दै ५ अर्ब १३ करोडबाट ४ अर्ब २३ करोडमा झरेको छ। २१३ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको र ६ स्थिर रहेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा बढी २.०२% बढेको छ। साल्पा विकास बैंकको मूल्य १०% बढेर शीर्षस्थ भएको छ भने रिलायन्स स्पिनिङ मिल्स ९.३१%, हिमालयन पावर पार्टनर ९.१५%, सागर डिस्टिलरी ८.९६% र बन्दीपुर केबुलकार ८.३४% ले बढेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनिर्वाचन नसार्न एमालेको अडान
Next Article सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईं थुनामुक्त


