देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराईका भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार शुक्रबार कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । देशका अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
यस्तै, शनिबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सो दिन देशका अन्य हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleयु-१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’ मा
Next Article चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान


