मेष राशि (चु, चे, चो, ला, ली, लू, ले, लो, अ)
आज अध्ययनमा उत्साह बढ्नेछ।पर्याप्त आराम गर्नुहोला।नयाँ बाटो रोज्ने हिम्मत बढ्नेछ। प्रियजनसँग मिठो कुराकानी हुनेछ। आफ्नो क्षमतामा विश्वास राख्नुहोला।
वृष राशि (ई, उ, ए, ओ, वा, वी, वू, वे, वो)
आज सम्बन्ध बलियो हुनेछ। कारोबारमा क्रमिक सुधार हुनेछ। आफ्नो व्यवहार कुशलताले तपाईंको मान बढाउनेछ। परिवारको सल्लाह मान्नु पर्नेछ । बचत गर्ने लाई जोड दिनुहोला।
मिथुन राशि (का, की, कु, घ, ङ, छ, के, को, ह)
आज अधुरो कामलाई प्राथमिकता दिनुहोला। तपाईंको बोली र विचारले अरूको ध्यान आकर्षित गर्न सक्छ। मनको कुरा स्पष्ट राख्नुहोला। नयाँ कुरा सिक्ने र नयाँ मानिससँग चिनजान बढाउने मौका मिल्नेछ।
कर्कट राशि (ही, हू, हे, हो, डा, डी, डू, डे, डो)
आज आत्मीयता बढ्नेछ। आरामलाई प्राथमिकता दिनुहोला।अरूको भावनालाई सम्मान गर्नुहोला। सोचविचार गरेर निर्णय लिनुहोला। अनावश्यक धनखर्च घटाउनुहोला।
सिंह राशि (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
आज नयाँ कामको चर्चा हुन सक्छ।आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर आउन सक्छ। सम्बन्धमा खुसी बढ्नेछ। तपाईंको सकारात्मक व्यवहारले अरूको साथ प्राप्त हुनेछ।
कन्या राशि (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आज समझदारी बढ्नेछ। बचततर्फ ध्यान जानेछ। सानो प्रयासले ठूलो कामको जग बस्न सक्छ। अरूको कुरा सुन्नुहोला, तर निर्णय आफ्नै विवेकले गर्नुहोला।
तुला राशि (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आज आम्दानीको नयाँ सम्भावना हुनेछ। मिलेर गरेको कामले राम्रो परिणाम दिन सक्छ। मित्रता र सामाजिक सम्बन्धमा नयाँ ऊर्जा थपिनेछ। आफ्नो समयलाई सही काममा प्रयोग गर्नुहोला।
वृश्चिक राशि (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज आफ्नो लक्ष्यप्रति दृढ रहने समय छ। पुरानो समस्याको समाधान खोज्न नयाँ विचार आउन सक्छ। आर्थिक विषयमा स्पष्टता राखेर अघि बढ्नुहोला।
धनु राशि (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
आज ज्ञान, धर्म र नयाँ अनुभवप्रति रुचि बढ्नेछ। गुरुजनको सल्लाहले सही दिशा देखाउन सक्छ। आफूले जानेको कुरा अरूलाई सिकाउँदा आत्मसन्तुष्टि मिल्नेछ।
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी)
आज जिम्मेवारी पूरा गर्ने इच्छाशक्ति बलियो हुनेछ। काममा केही ढिलाइ भए पनि निरन्तरता नछोड्नुहोला। परिवारको सहयोगले मनमा नयाँ उत्साह थपिनेछ।
कुम्भ राशि (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आज फरक सोच र सिर्जनात्मक क्षमताले नयाँ अवसर देखाउन सक्छ। साथीभाइसँगको छलफलबाट उपयोगी सुझाव प्राप्त हुनेछ। आफ्नो प्रतिभालाई सही ठाउँमा प्रयोग गर्नुहोला।
मीन राशि (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज मनमा शान्ति र सेवाभाव बढ्न सक्छ। धार्मिक तथा आध्यात्मिक काममा रुचि जाग्नेछ। आफ्नो लक्ष्यलाई सानो-सानो प्रयासबाट पूरा गर्ने संकल्प लिनुहोला।
— गुरु संजिब विनोद चालिसे


NPL Special
NPL Special
NPL Special
NPL Special